1457577632tax.gif

'पश्चिम नेपालमा भूकम्पको जोखिम बढ्यो'

राष्ट्रिय   |     |  
1438908693images-6.jpg
भूकम्प २०७२ बैसाख १२ को प्रभाव

पश्चिम नेपालदेखि भारतको दिल्लीसम्मको भूभागमा भविष्यमा एउटा ठूलो भूकम्प आउन सक्ने खतरा बढेको वैज्ञानिकहरुले चेतावनी दिएका छन्।

नयाँ तथ्याङ्कहरुले गत बैशाख महिनामा नेपालमा गएको विध्वंशकारी भूकम्पमा पृथ्वीमुनि सन्चित सबै उर्जा निस्कन नसकेको र त्यो उर्जा पश्चिमतर्फ सरेको उनीहरुले जनाएका छन्।

नेचर तथा साइन्स नामक जर्नलहरुमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरुले त्यस्तो चेतावनी दिएका हुन्।

तर उनीहरुले उक्त भूकम्प कुन परिमाणको हुनेछ र कहिले आउनेछ भनेर चाहिं भन्न नसकिने बताए।

विध्वंश

हामी मानिसहरुलाई तर्साउन चाहँदैनौं, तर आफुहरु बसीरहेको ठाउँमुनि अत्यन्तै धेरै उर्जा सन्चित भैरहेको छ भन्नेबारे उनीहरु सचेत रहन अत्यन्तै आवश्यक छ

प्रा. जँ फिलिप अवुआक, क्याम्ब्रीज विश्वविद्यालय

बीबीसीसंग कुरा गर्दै ब्रिटेनको प्रतिष्ठित क्याम्ब्रीज विश्वविद्यालयका प्राध्यापक जँ फिलिप अवुआकले भने, “यस क्षेत्रमा ध्यान दिन जरुरी छ। यदि आज भूकम्प आउने हो भने पश्चिम नेपालमा मात्रै हैन, उत्तरी भारतको गङ्गा मैदानमा घना बसोबासका कारण पनि ठूलो विध्वंश हुनसक्नेछ।“

वैज्ञानिकहरुका अनुसार गत बैशाख १२ मा गएको भूकम्पले पृथ्वीमुनि सन्चित दबाबमध्ये केहीमात्रै सतह बाहिर निकालेको थियो।

प्राध्यापक अवुआकले भने, “यदि सो भुइँचालोले हिमालयको अघिल्तिरसम्मको भूभागमा चिरा पारेको भए अझ ठूलो भूकम्प आउन सक्थ्यो।“

अनुसन्धानकर्ताहरु पृथ्वीको सतहमुनिको केही तनाव पोखरादेखि पश्चिम तथा दिल्लीको उत्तरतर्फ सरेको ठान्दछन्।

महाभूकम्प

पश्चिम नेपाल तथा उत्तरी भारतको समथर इलाकाका स्कुले छात्रछात्रहरुलाई भूकम्प आउँदा कसरी सुरक्षित रहने भन्ने सिकाएर तथा विद्यालय भवनहरुलाई भूकम्प प्रतिरोधी बनाएर कैयौं ज्यान जोगाउन सकिनेछ

प्रा. डेभिड रथरी, ओपन युनिभर्सिटी, युके

हिमालयक्षेत्रमा सन् १५०५ मा ८.५ परिमाणको महाभूकम्प आएको थियो।

हालै त्यता सरेको दबाबले गएको पाँचसय वर्ष भन्दा बढी समयदेखि त्यहाँ जम्मा भैरहेको उर्जामाथि थप दबाब थप्न सक्ने उनीहरु बताउँछन्।

“अहिले हामी पश्चिम नेपालका बारे निकै चिन्तित छौं,” प्राध्यापक अवुआकले भने।

उनले नेतृत्व गरेको टोलीले त्यस क्षेत्रमा अरु बढी अनुगमन गर्नुपर्ने जनाएको छ, यद्यपि अर्को प्राकृतिक विपद ठिक कहिले आउनेछ भनेर अनुमान गर्नु असंभव नै छ।

“हामी मानिसहरुलाई तर्साउन चाहँदैनौं, तर आफुहरु बसीरहेको ठाउँमुनि अत्यन्तै धेरै उर्जा सन्चित भैरहेको छ भन्नेबारे उनीहरु सचेत रहन अत्यन्तै आवश्यक छ,” प्राध्यापक अवुआकले भने।

उनले ठूला भूकम्पहरु पनि थेग्नसक्ने ससाना घरहरु निर्माण गर्न सुझाव दिए।

नेपालमा गत बैशाखमा गएको भूकम्पमा परी झण्डै नौहजार जनाको ज्यान गएको थियो भने हजारौं अन्य घाइते भएका थिए।

भूकम्प प्रतिरोधी

ब्रिटेनको ओपन युनिभर्सिटीसंग संबद्ध प्राध्यापक डेभिड रथरीले भने, “पश्चिम नेपाल तथा उत्तरी भारतको समथर इलाकाका स्कुले छात्रछात्रहरुलाई भूकम्प आउँदा कसरी सुरक्षित रहने भन्ने सिकाएर तथा विद्यालय भवनहरुलाई भूकम्प प्रतिरोधी बनाएर कैयौं ज्यान जोगाउन सकिनेछ।”

अत्याधुनिक जीपीएस स्टेशनहरुबाट संकलन गरिएका थप तथ्यांकहरुले गत बैशाखमा गएको भूकम्पबाट अरु बढी क्षति हुनसक्ने देखाएको वैज्ञानिकहरु बताउँछन्।

प्राध्यापक अवुआकले भने, “काठमाण्डौ नजीकै ७.८ परिमाणको भूकम्प आयो भन्ने सुन्दा त्यसबाट तीन देखि चारलाख मानिसहरुको ज्यान गयो भन्ने समाचार सुन्न म तयार भएर बसेको थिएँ। यो दुर्घटना हो, तर निकै घना जनसंख्या भएको इलाकामा १०,००० भन्दा कम मानिसहरुको ज्यान जानुलाई एउटा सानो संख्या नै मान्नु पर्दछ।“

गत बैशाखको भूकम्पले उच्च फ्रिक्वेन्सीको तरङ्गहरु सिर्जना गरेको भए काठमाण्डौका साना भवनहरुमा ठूलो क्षति पुग्न सक्ने थियो भनी वैज्ञानिकहरु बताउँछन्।

सो भूकम्पमा पर्याप्त उर्जा निस्काशन नभएको, बरु जमीनमुनि जम्मा भएको उर्जा पश्चिमतर्फ सरेकाले अझ ठूलो भूकम्पको जोखिम बढेको उनीहरुले बताएका छन्।(साभार बि बि सी)



1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...
Advertisement