फोन / ल्यापटपको व्याट्री पड्कने कारण र बच्ने उपाय

Life Hacks   |     |  
1442162752aaa.jpg
  मेरो खबर सम्बाददाता

मोबाइल फोन तथा ल्यापटप कम्पुटरमा प्रयोग हुने लिथियम आयन व्याट्री किन पड्किन्छ / बिग्रिन्छ ?

लिथियम आयन व्याट्रीमा आवस्यकता भन्दा बढी चार्ज हुने क्रम रोक्न तथा सर्ट सर्किट वटा जोगाउन छुट्टै सर्किट हुन्छ | तर जव त्यो सर्किट बिग्रिन्छ, ब्याट्री अधिक तातो हुन्छ, जसलाई थर्मल रनअवे भानिन्छ | थर्मल रनअवे एउटा रासायनिक प्रक्रिया हो जसमा व्याट्री धेरै तात्छ, र थप प्रतिक्रिया हुदा थप ताप पैदा हुन्छ र यो क्रम बढ्दै जाँदा अन्त्यमा ज्वाला निस्की ब्याट्री पढ़कन्छ |बनावटमा गडबडीको कारणले पनि थर्मल रनअवे हुन सक्छ |

व्याट्री थर्मल रनअवेको स्थितिमा पुग्न कति समय लाग्छ भन्ने कुरा ब्याट्रीको प्रकारमा भर पर्ने गर्छ | डी २ वर्ल्डवाइड का सी इ ओ टोनी ओल्सनका अनुसार कुनै पनि व्याट्री १४० देखि ३५० डिग्री फरेनहाइट सम्म तात्दा, थर्मल रनअवेको स्थितिमा पुग्छ | सामान्य रुम टेमप्रेचरमा यो सम्भव हुन सक्दैन | व्याट्रीमा खराबी छ भने मात्र यो सम्भव हुन सक्छ |

लिथियम आयन ब्याट्री पढ़कने सम्भावना निकै कम भएतापनि, दुइ मुख्य कारणले एसको खतरा बढी हुने गर्छ | एक, यो ब्याट्री प्रयोग हुने ल्यापटप, ट्याब्लेट, स्मार्ट फोन आदि समान धेरै मनिषबीच निकै सामान्य बन्दै गइराखेको छ | र दोश्रो, निर्माण कम्पनिहरुले सके सम्म धेरै पावर यी डिभाइसमा थप्न खोज्दै छन् | जसले व्याट्रीमा खराबी हुने सम्भावना थप गर्छ |

व्याट्रीमा हुने खतरावटा मुक्त हुन कन्सुमर प्रोडक्ट सेफ्टी कमिसनले निम्न उपाय अपनाउने सल्लाह दिन्छ :

  1. ब्याट्री खरिद गर्दा निर्माणकर्ता स्वयं अथवा निर्माणकर्ताले सिफारिस गरेको स्रोत बाट मात्र खरिद गर्ने | नक्कली तथा खराब व्यवस्थापनमा निर्माण गरिएको व्याट्रीले खतरा बढाउछ |
  2. नाङ्गो व्याट्रीलाइ फलामको नजिक कहिल्यै न लैजानुहोला, जस्तो कि फलामको सिक्का, साचो, गहना आदि | फलामका बस्तुले बिध्युतिय कनेक्सन बिगारी व्याट्री पढ़कने सम्भावना हुन्छ |
  3. व्याट्रीलाइ थिच्नु, कुच्याउनु, प्वाल पर्नु वा भारि प्रेसर दिनु हुदैन किनभने एसले सर्ट सर्किट भइ अधिक ताप उत्पन्न हुन्छ |
  4. यदि फोन पानीमा झर्यो अथवा भिज्यो भने, फोन सकुशल देखिइ राम्रोसंग काम गरे तापनि, ब्याट्रीमा समस्या भइ खतरा हुन सक्छ |
  5. तातो सतह तथा उच्चा तापक्रम भएको स्थानमा फोन अथवा ब्याट्री राख्नु हुदैन, जस्तोकि खान पकाउने कुकर, आइरन, रेडीएटर, कारको ड्यासबोर्ड, घाम पर्ने ठाउँ आदि |
  6. यदि तपाइको फोन, ल्यापटप अथवा ब्याट्री आफै, कुनै कडा सतहमा झर्यो भने तपाइको व्याट्री बिग्रने प्रवल सम्भावना हुन्छ | डिभाइसले राम्रो संग काम गरेको देखिएतापनि ब्याट्री धेरै तात्ने आदि समस्या देखिन सक्छ | यस्तो कुनै समस्या महसुस हुनासाथ सर्भिस सेन्टरमा इन्सपेक्सनको लागि तुरुन्त लग्नुपर्छ

 

मोबाइल चार्ज गर्ने क्रममा ब्याट्री पडकन जाँदा २ बालकको मृत्यु


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement